ताजाखबर, २० मंसिर-
अहिले जाडो मौसम छ । साधारणतयाः गर्मिको तुलनामा जाडोमा कम रोगहरु लाग्ने भएपनि जाडोमा लाग्ने रोगहरुले सताउने गर्छन् । यसका लागि खानपानमा बिशेष ध्यान दिनु जरुरी छ ।

तिलः
तिल स्वभावैले गर्मि खाद्यपदार्थ हो । तीलमा बदामको तुलनामा ६ गुणा बढी क्याल्सियम पाइन्छ । जाडोमा तिलको लड्डु, हलुवा तथा छोप बनाएर खानाले जाडो हटाउन मद्धत मिल्छ ।

बदामः
बदामका अनेक फाइदा छन् । यसमा आइरन, नियासिन, फोलेट, क्याल्सियम, जिंक लगायतका तत्व पाइन्छ । बदामले पनि शरिरमा गर्मी बढाउन मद्धत गर्छ ।

अदुवाः
अदुवा पनि स्वभावैले गर्मी मानिन्छ । जाडो समयमा अदुवाको रस मिलाएर पानी सेवन गर्नु उपयुक्त हुन्छ । तुलसी र अदुवाको मिश्रणको पानीले मानव रोग प्रतिरोध क्षमतामा वृद्धी गर्छ ।

अमलाः
अमलाको फल धेरै गुणकारी मानिन्छ । यसमा आइरन तथा भिटामिन बी प्रचूरमात्रामा पाइन्छ । अमला जाडो मौसममा नै पाइन्छ र यसको अचार बनाएर सेवन गर्नाले शरिरमा जाडोको मात्रा हट्छ ।

यसका साथै गाजर, उसिनेको अण्डा, अदुवा र प्याजको चटनी, मेथी, अनार लगायतका खाद्य पदार्थले शरिरमा जाडोको मात्रालाई घटाउँछन् ।



Post a Comment

 
Top