ताजा खबर, २० मंसिर- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अब केही दिनमै विद्यमान समस्याको समाधान निस्कने बताउनुभएको छ । आप्mना स्वर्गीय भाई डाक्टर अरुण कोइरालाको बार्षिकीका अबसरमा काँग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले मधेश आन्दोलनका बारेमा मुख्य तीन दलले साझा धारणा बनाएर अघि बढेकाले छिट्टै निकास निस्कने बताउनुभयो । आप्mनो नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन नेकपा एमाले र एकीकृत नेकपा माओवादी सहमत भएकाले मधेशका मुख्य मागहरु अब सम्बोधन हुने जिकिर गर्नुभयो । त्यस अवसरमा उहाँले भाई स्वर्गीय कोइरालाले पार्टीमा पु¥याएको योगदानको स्मरण गर्नुभयो । काँग्रेस बाँकेका सभापति डाक्टर कोइरालाको गत वर्ष मंसिर २ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति कोइराला संबिधान जारी भएपछि पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएको हो ।
Post a Comment