![]() |
सत्ताधारी नेताहरु भारत गएर सहमतिका लागि निवेदन दिएको आरोप पनि यादवले लगाए। ‘हामी लडाइँ पनि यहीँ गर्छाैं र समस्या समाधान पनि यहीँ खोज्छौं,’ उनले भने, ‘उहाँहरुले नै सहमतिका बुँदा दिएर आउनुभएको खुलिहाल्यो।’ मधेसी मोर्चासँग वार्ता गर्न सरकारविहीन ढंगले प्रस्तुत हुने गरेको आरोप पनि उनले लगाए। यादव सोमबार पोखरामा तमुवान, मगराँत संघर्ष समितिले आयोजना गरेको सभालाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै थिए।
गुरुङ र मगर समुदायको उल्लेख्य उपस्थित रहेको सभामा यादव ती समुदायकै जातीय पोसाक ‘भांग्रा लगाएर उपस्थित भएका थिए। उनी कुर्सीबाट उठेर बोल्न जाँदै गर्दा केही सहभागीले उपेन्द्र यादव जिन्दावादको नारा लगाएका थिए।Capture
तमुवान, मगराँत प्रदेशको मागसहित भएको सभाका अधिकांश वक्ताहरुले सरकारविरुद्ध चर्काे आलोचना गरे पनि यादव भने नरम भाषामा प्रस्तुत भएका थिए। उद्घोषकले उपस्थित समुदायलाई आन्दोलित पार्ने मन्तव्यका लागि भन्दै उनलाई बोल्न डाकेका थिए। यादवले सम्बोधनको सुरुमै नेपाल खसआर्य, मधेसी र आदिवासी जनजाति गरी तीन मुख्य समुदायको साझा भूमि भएको विचारसहित आफ्नो भाषण सुरु गरे। उनले एउटै भाषा, एउटै भेषको सट्टा सबै भाषा र सबै भाषालाई भन्नुपर्ने र सांस्कृतिक विविधताले नै राष्ट्रिय एकता कायम हुने विचार व्यक्त गरे। यसबारे उनले केही व्याख्यान पनि प्रस्तुत गरे ।
मधेसको आन्दोलनका कारण तराई, पहाड र हिमाल सबैतिरका जनताले दुख आफूहरुले मनन गरेको यादवले सुनाए। ‘यसमा हामीलाई पनि दुख लागेको छ,’ उनले भने, ‘तर दोष सरकारको हो ।’ पहिलाका सम्झौताहरु कार्यान्वयन गरिदिए आन्दोलन छोड्न तयार रहेको जानकारी उनले दिए। कालोबजारीबाट कमिसन खाने उद्देश्यले सरकार नै आन्दोलन चलिरहोस् भन्ने पक्षमा देखिएको आरोप लगाए।
‘वीरगन्जबाहेकका नाकाबाट सयौं, हजारौं ट्यांकर इन्धन भित्रिएको छ, त्यो कहाँ गएको छ ?,’ उनले प्रश्न गरे । इन्धन कालोबजारीमा लगाएर आउने कमिसन तलदेखि बालुवाटारसम्म पुग्ने गरेको उनको आरोप थियो।
आदिवासी, जनजाति, मधेसी, महिला र पिछडिएका वर्गलाई सम्बोधन नगरिएकै कारण संविधान जलाउनुपरेको पनि यादवले बताए। उनले यी वर्ग समुदायलाई सम्बोधन गर्ने गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग पनि गरे । ‘यस्तो संविधान लागु हुन सक्दैन, जसले आदिवासी, जनजाति, मधेसी र महिलाको विभेद हटाउन सक्दैन,’ उनले भने । नागरिक न्युज बाट
![]() |
Post a Comment