सुनसरी, मंसिर २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित न्यू जयनेपाल इँटाभट्टामा सोमबार साँझ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये ३ जनाको मात्र सनाखत भएको छ । मृतकहरुमध्ये भारत विहारका मिथिलेश यादव, इटहरी–२० का शिवनारायण चौधरी  र इटहरी–१६ का भगलीदेवी चौधरीको सनाखत भएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाका घाइतेहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्य घाइतेहरुको स्थानीय अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी कोइरालाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट इँटाभट्टाको चिम्नीमा आगो थुनिएर विस्फोट भएको थाहा भएको पनि प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top