जाडो समयमा कपालमा चायाको पनि त्यत्तिकै समस्या देखिन्छ । चाँया कपालको लागि सवैभन्दा ठूलो शत्रु बन्ने गरेको छ । आम मानिसलाई कपालमा परेकोचाँयाले अधिक रुपमा सताउने गरेको पाईन्छ । जाडोयाममा बढिमात्रामा हुने चाँयाको समास्या गर्मीमा कमि भएपनि यसवाट मुक्ति पाउन भने कठिन पर्दछ । त्यसैले, हामीले मौसम परिवर्तनअनुरूप कपाल र छालाको हेरचाह गर्नुपर्छ ।
जाडोमा लाग्ने चिसो हावाका कारण कपालको कोमलता र स्वच्छतामा असर पर्नुका साथै छालामा पाप्रा देखिन थाल्छ । जुन पाप्रालाई हामी चायाको रूपमा चिन्ने गर्छा । यस्तो पाप्राको कारणले कपालको रोम छिद्रा कमजोर हुन्छ । जसका कारण टाउकाको छालामा रक्तसञ्चार कम हुन जान्छ ।

चाँया आउनुको कारण
– धुलोधुवाँ आदिका कारण कपाल मैला हुनाले ।
– कपालमा धेरै चिल्लोपना हुनाले ।
– कपालमा सेम्पु, कन्डिस्नर, क्रिम आदिको प्रयोगपछि राम्ररी नपखाल्नाले ।
– चाया भएको व्यक्तिले कोरेको काइँयो प्रयोग गर्नाले ।
– बढी रसायन भएका क्रिम, सेम्पु आदि प्रयोग गर्नाले ।

यसबाट बच्ने उपायहरु
-नुहाई सकेपछि नरिवलको शुद्ध तेल कपालमा नियमित रूपले लगाउने ।
– अमला, रहरको दाल र रिठ्ठा यति नै चिज बराबर मात्रामा कुटेर धूलो बनाएर बराबर मात्रामा मिलाएर टाउकोमा लगाउने । दुई घन्टापछि कपाल धुने । के नगर्ने सुगन्धित तेल कपालमा नलगाउने ।
– आफ्नो काइयो, ब्रस, तौलिया, तकिया, बेडसिट (तन्ना) अरुलाई प्रयोग गर्न नदिने ।
– चायाले कपालको सौन्दर्य नष्ट पार्छ । त्यसैले, चाया परेको खण्डमा हामीले ‘मेडिकेयर स्याम्पु’ ले राम्ररी कपाल धुने गर्नुपर्छ । यो स्याम्पु नपाएमा नुहाउनुअघि कपालको जरासम्म छुने गरी कपाल कोरेर डिटोल पानीले कपाल पखाल्नुपर्छ । यसो गर्दा पनि चायाको समस्याबाट बच्न सकिन्छ ।
– बन्दाकोभी, गाजर, प्याज, मेथी, चुकुन्दरको तरकारी प्रशस्त खाने ।
-दूध, दही, घ्यू, गुलियो फलफूल खाने ।
– जाडो बेलामा धेरै समयसम्म स्कार्फ वा टोपीले कपाल छोपिराख्दा कपालको तैलिय ग्रन्थी सक्रिय भई तेल उत्पन्न हुन्छ र कपाललाई रुखो हुनबाट जोगाउँछ । तर, अत्यधिक तेल उत्पन्न भएका खण्डमा धुलो टाँसिन गई चायाको रूप लिन्छ ।



Post a Comment

 
Top