२६ मंसिर, बनेपा । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न पुनः आह्वान गरेका छन् ।
एमाले काभ्रेको नवौं जिल्ला अधिवेशनको शनिबार बनेपामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ । नाकाबन्दीले जनजीवन कष्टकर भएको छ । यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।’
कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताए । सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको भन्दै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुने बताए । नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको भन्दै उनले संविधानले दाल र चामल बुझाउने काम टिप्पणी गरे ।
एक वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने भन्दै उनले भने, काठमाडौंमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिनेछ ।’
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
दुई दिनसम्म चल्ने अधिवेशनमा एक हजार एकसय 

Post a Comment

 
Top