काठमाडौं, मंसिर २६ । मुलुकमा अहिले सुरक्षा चुनौती थपिँदै गहिरहेका बेला पृथ्वीनारायण शाहका पालामा मुलुकले अपनाएको सुरक्षाबारे काठमाडौंमा बहस भएको छ ।

राष्ट्रिय एकता तथा २९४औं पृथ्वीजयन्ती मुल समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरुले ‘नेपालका पछिल्ला शासकहरुभन्दा पृथ्वीनारायण शाह सबै कुराले दूरदर्शी रहेको’ बताए ।

उनीहरुले ‘पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भएको भन्दै परराष्ट्रनीति अंगालेको, मुलुकको सेनाको मनोबल उच्च राखेको, उत्तरतिर भन्दा दक्षिणतर्फका शासकहरुसँग सुझबुझपूर्ण ढंगले व्यवहार गरेको’ बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाका पूर्वसहायकरथी डा. प्रेमसिंह बस्नेत, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पृथ्वीजयन्ती मुल समारोह समितिका अध्यक्ष भरत बस्नेतलगायतले पृथ्वीनारायण शाहको चर्चा गरेका थिए ।

Post a Comment

 
Top