सरकारले हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई सरसफाई दूतमा नियुक्त गरेसँगै उनीहरु सरसफाई अभियानमा जुटेका छन् ।

देशका विभिन्न जिल्लामा सरसफाई अभियान लिएर उनीहरु हिंडिरहेका छन् । यस क्रममा उनीहरु काभ्रे जिल्लामा सरसफाई अभियान लिएर टोलटोलमा हिंडेका छन् । नेपाल सरकारले २०१७ सम्मलाई सरसफाई दूतका रुपमा यो जोडिलाई नियुक्त गरेको छ ।

सन् २०१७ सम्ममा नेपाललाई खुला दिसा मुक्त बनाउने योजनाअनुरुप त्यससम्बन्धी प्रबर्दनका लागि काभ्रे जिल्लामा उनीहरु पुगेका हुन् । काभ्रेजिल्लालाई सन् २०१७ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने अभियानमा धुर्मुस सुन्तलीको सरसफाई अभियानले सघाउ पुराउने स्थानियको विश्वास छ । यस अघि उनीहरु बाग्मती सरसफाईमा जुटेका थिए ।

Post a Comment

 
Top