![]() |
नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार उक्त बोनस अफर मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म रहने छ । एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोनस पाइने उनले बताईन् ।
प्रवक्ता प्रतिभा बैद्यका अनुसार यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउछन् । त्यसैगरी, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ ।
![]() |
Post a Comment