काठमाडौँ, २७ मंसिर–नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले पछिल्लो समय आफ्नो मिसन नै चलाएको छ ।
भारतीय नाकाबन्दीले मुलुक चपेटामा परेको बेला त्यसको फाइदा उठाउँदै केहि पेट्रोल पम्पहरुले इन्धनको कालोबजारी गरेपछि प्रहरीले मिसन नै चलाएको छ । यो क्रममा विभिन्न ब्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले बताए अनुशार पेट्रोल पम्पहरुमा ठगी गर्ने संजाल निकै लामो छ ।
केहि ब्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालेपछि अहिले नेपाल सरकारका सहसचिव नेपाल सरकारका सहसचिव एवं गुणस्तर तथा नापतौल विभागका पूर्व प्रमुख रामआधार साह पनि पक्राउ गरेका छन् । उनलाई रिमोट चलाएर पेट्रोल पम्पहरुमा ठगी गर्ने चिप्स जोड्न मिलोमतो गरेको आरोप छ ।
नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । साहलाई गौशालाबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले जानकारी दिएका छन् ।
उनी वातावरण मन्त्रालयका सहसचिव हुन् । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ । साहलाई आइतबार साँझ गौशालाबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले जानकारी दिए ।

साह चार वर्ष अघि विभागको क्षेत्रीय निर्देशक हुँदा नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि सुरु भएको थियो । साहको मिलेमतोमा रिमोट चलाएर ठगी गर्ने चिप्स जडान सुरु भयो ।  यसका लागि भारतीय समूह संलग्न भएको पाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

Post a Comment

 
Top