![]() |
समिति सदस्यहरुले रक्षामन्त्रीमाथि थुप्रै प्रश्न, सुझाव र आक्रोशमिश्रित चेतावनीसमेत दिएका थिए।
समिति सदस्य मध्येका एक नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले मधेस आन्दोलन दबाउन नेपाली सेना परिचालन गरेको भन्दै आपत्ति व्यक्त गरे। उनले सेनालाई राजनीतिममा तान्ने प्रयास भएको अारोप लगाए।
उनले सेनामा मधेसीहरुको प्रतिनिधित्व कम भएको भन्दै सेना समावेसी नभएको जिकिर गरेका थिए। त्यसको जवाफदिने क्रममा रक्षामन्त्री भीम रावलले मधेसमा सेना परिचालनको वचाउ गर्दै नेपालको संविधान र नेपाली सेना विश्वकै समावेसी र उत्कृष्ट रहेको दाबी गरे। रावल बोल्दै गर्दा अमरेश कुमार सिंह एकाएक भड्कीए। उनले रक्षामन्त्रीसँग प्रतिबाद गर्दै बैठक नै छाडेर हिंडे।
सिंह हिडेपछि रावल पनि अाक्रोशमा अाए। उनले सिंहलाइ लक्षित गर्दै अाफ्ना कुरा राख्ने अरूका कुरा नसुन्ने भन्दै ‘यस्तैले हो बिगारेको’ भने। रावलले अाक्रोश पोखे ‘यो देशमा समस्या खडा गर्ने यस्तैले हो, यो लोकतान्त्रिक चरित्र हैन।’
![]() |

Post a Comment