![]() |
badal-nepal-maoistदाङको घोराहीमा थारुवान राज्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले नेपाली शासकहरुकै कमजोरीका कारण भारतले दमन गर्दै आएको बताए ।
‘भारतले नेपालीहरुलाई अपत्यक्षरुपमा शासन गर्दै आएको छ । नेपालको आन्तरिक मामिलामा अनावस्यक चासो र हस्तक्षेप राख्ने काम पुरानै प्रबृत्ति हो,’ बादलले भने, ‘भारतीय मामिला समाधानका लागि नेपाली जनता एकताबद्ध हुन आबस्यक छ ।’
वर्षौंदेखि बलिदानीपूर्ण संघर्ष र त्याग गर्दै आए पनि सामन्तवादी सोचले ग्रस्तहरुको जमातले शासन सत्ता सम्हालेकाले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको उनले टिप्पणी गरे ।
![]() |
Post a Comment