मंसिर २७, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ६ नयाँ बजारमा आइतबार फोहोर फालिएको थुप्रोमा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीयवासीहरुले फोहोर फालिएको ठाउँमा बालबालिकाहरु खेल्दै पुग्दा उक्त शिशुको शव देखेपछि थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले फोहोर फालिएको ठाउँमा भेटिएको उक्त शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको जनाएका छन् ।

प्रहरीले उक्त बच्चा अवैध सम्बन्धबाट जन्माएर फालिएको हुन सक्ने आशंका गरेको छ ।

Post a Comment

 
Top