Via: Taja khabar

काठमाडौ, २२ मंसिर । नेपालमा आन्दोलनको आगो बालेर भारतमा वार्ता गर्न गएका मधेसका केही नेताहरुले भारतीय पक्षसँग नेपालको सरकार वार्तामा गंभिर नभएको गुनासो पोखेका छन् ।

नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता गरिरहेका संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेताहरुले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गर्दै नेपाल सरकार बार्तामा गंभिर नभएको र नेपालका परराष्ट्रमन्त्रीले प्रस्तुत गरेको तीन बुँदे प्रस्तावको औचित्य नभएको बताए । उनले यो तीन बुँदे प्रस्तावले समस्या समाधान नुहने भन्दै समाधान निकालीदिन आग्रह समेत गरेका छन् ।

विदेश सचिव जयशंकरले आफूहरु संबाद, सहकार्यको पक्षमा रहेको स्पष्ट पार्दै नाकाबन्दी भारतले नगरेको र भारतले नै मधेस आन्दोलन र नाका केन्द्रीत आन्दोलनलाई सहयोग गरेको भन्ने कुरा गलत भएको बताए ।


Post a Comment

 
Top