मंसिर २२, ललितपुरमा गएको कार्तिक १३ र १५ गते कार्यविनायक नगरपालिका ५ का प्रधुम्नकृष्ण श्रेष्ट र डा. अजित रायमाझिको घरबाट सामान चोरी गर्ने १० जनालाई महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।

Via:DCnepal

उनिहरुलाई भैंसेपाटीबाट पक्राउ गरेर मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरि सामानसहित सार्वजानिक गरेको हो । प्रहरीले चोरीको अभियोग लागेका १० जना सहित २५ लाख बराबरको सामान बरामद गरेको छ । महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बरामद गरिएको सामान मध्ये ६४ अजार ६ सय नगद र अन्य जिन्सी सामान रहेको बताएका छन् ।

पिडितले ३२ लाख ६० हजार रुपैयाँ बराबरको सामान चोरी भएको भन्दै परिसरमा उजुरी गरेका थिए । पिडित श्रेष्ठ पुनरावेदन अदालत पाटनमा लेखा शाखामा कार्यरत थिए भने रायमाझि कान्तिबाल अस्पतालका चिकित्सक हुन् ।

उक्त सामान चोरीको अभियोगमा पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका १० का विष्णु तामाङ, रेलकुमार तामाङ, काठमाडौं गागल फेदी ३ का सन्तोष रसाईली, भक्तपुर चित्तपोल २ का सुरेश श्रेष्ठ, भक्तपुर अनन्तलिङ्गेश्वर ३ का सञ्जिव श्रेष्ठ र चाबहिल बस्ने भारतीय नागरिक धनाजी नल, किरण सिंह र अमिय मण्डल रहेका छन् ।

एसएसपी अधिकारीले गहिरो अनुसन्धान पछि उनिहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको बताए । वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले पक्राउ पर्ने अनिष राई र अनिल तामाङ प्रत्यक्ष रुपमा चोरीमा संलग्न रहेको बताएका छन् । राई र तामाङ चोरीको अभियोगमा २०६५ साल देखि २०७१ सालसम्म धुलिखेल जेलमा परेका थिए ।

Post a Comment

 
Top