पुस १२, जनकपुरमा आन्दोलनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै दुईवटा सरकारी कार्यलयमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनकारीले पिडारीचोकमा रहेको जनकपुर पर्यटन कार्यालय र रामानन्दचोकमा रहेको खानेपानी संस्थान कार्यालयमा आगजनी र तोडफोड गरेका हुन् ।

कार्यालयका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ताले पर्यटन कार्यालयमा आगजनी गरेपछि कार्यालयमा रहेको महत्वपूर्ण कागजात र कुर्सी जलेको छ । त्यसैगरि खानेपानी संस्थानको कार्यलयमा पनि मोर्चाका कार्यकर्ताहरुले आगजनिको प्रयास गर्दै कार्यलयको झ्याल र केही फर्निचरको सरसमान तोडफोड गरेको कार्यलयले बताएको छ । धनुषाका मोर्चा संयोजक शेषनारायण यादवले बन्दको अवज्ञा गर्ने कार्यालयमा जुनसुकै बेला पनि तोडफोड र आगजनी हुन सक्ने समेत चेतावनि दिएका छन् ।

आइतबार जनकपुर बजार बन्द गराउँदै आन्दोलनरत पक्षहरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिले प्रदर्शन गरिरहेका छन् ।

Post a Comment

 
Top