Home
»
»Unlabelled
» मधेसी मोर्चा दोअरा जिल्ला प्रसासन कार्यालय घेराउ१२ पुस, रौतहट । विराटनगरमा सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई आक्रमण गरी घाइते बनाएको विरोधमा मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरेका छन् । कार्यालयको मूल ढोका मै उनीहरुले बसेर विरोध प्रदर्शन गरेपछि कर्मचारीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । मोर्चाको अवरोधकै बीच सामान्य बल प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी नरहरी बराल सुरक्षा प्रमुखहरुसँगै कार्यालयमा प्रवेश गरेका थिए । मूल ढोकामा बसेका प्रदर्शनकारीहरुलाई हटाउँदै सुरक्षाकर्मीले प्रजिअ बराललाई कार्यकक्षमा पुर्याएका थिए । प्रजिअ बराल कार्याकक्षमा पुगेपछि पुनः प्रदर्शनकारीहरु मूल ढोका मै धर्नामा बसेका छन् । उनीहरुको अवरोधका कारण सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीलगायतका अरु कर्मचारीहरु भने कार्यालय प्रवेश गर्न पाएनन् । कर्मचारीहरु प्रवेश गर्न नपाएपछि सेवाग्राहीहरु पनि मारमा परेका छन् । महतोमाथि आक्रमण भएको विरोधमा मधेसमा रहेका प्राय सरकारी कार्यालयहरु बन्द रहे पनि जिल्ला प्रशासन कार्यालय रौतहट भने खुल्लै छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment