महानगरीय प्रहरी अपराध महाशाखा टेकुले एक साताको अवधिमा झन्डै १५ हजार लिटर इन्धन बरामद गरेको छ । गत मंसिर ११ गतेदेखि महाशाखाले थालेको कालोबजारी अप्रेसनमा आज बिहानसम्ममा १४ हजार ८ सय ७ लिटर इन्धन बरामद गरेको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार ८ हजार लिटर पेट्रोल बरामद गरिएको छ । बाँकी डिजेल र मट्टितेल भएको उनले बताए ।
कालोबजारी गर्ने ३६ जनालाई पक्राउ गरिएको डिएसपी नरेन्द्र चन्दले बताए । खाना पकाउने १७ वटा ग्यास पनि कालोबजारी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बरामद गरेको इन्धन महाशाखामा राख्ने ठाउँसमेत छैन् । बरामद गरिएको केही केही अदालतसमक्ष उसले बुझाइसकेको छ ।
Post a Comment