मंसिर १७, २०७२- क्यालिफोर्नियाको सान बर्नार्डिनोस्थित अपाङ्गता भएका व्यक्तिको लागि काम गर्ने सामाजिक सेवा केन्द्रको खाना खाने ठाउँमा हतियारधारी व्यक्तिहरुले धन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ भने एक दर्जन भन्दा बढी गम्भीर घाइते भएका छन् ।
घटना भएको चार घण्टापछि प्रहरीले घटनामा संलग्न भनिएका एक पुरुष र महिलालाई फायरिङमा मारेको छ । सान बर्नार्डिनोका प्रहरी प्रमुखले उनीहरुको साथमा हतियार रहेको बताएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सेवा केन्द्रका कामदारले बिदा मनाइरहेको बेला आक्रमण भएको थियो । अमेरिकाको कनेक्टिकसमा तीन वर्षअघि २६ विद्यार्थीको हत्या भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो ।

प्रहरीले आक्रमण कसले र किन गरेको पत्ता लागिनसकेको जनाएको छ ।






Post a Comment

 
Top