![]() |
सुरक्षा सल्लाहकार अजित डोबलसँग बुधबार राती भेटवार्ता गरेपछि नाकाबन्दी खुल्ने दिशामा ‘थप सकारात्मक’ बन्दै प्रधानमन्त्री मोदीसँग भेट गर्ने पर्खाइमा रहेका थापाले प्रधानमन्त्रीसँग हुन नसक्ने जानकारी बिहिबार बिहान मात्रै पाएका हुन् ।
‘अहिले देखिएको आपूर्ति अवरोध खुलाउन नेपाल भारत दुवैतर्फ सहजीकरण जरुरी छ,’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट आएको सन्देशमा भनिएको छ, ‘थप वार्ता र संवादको वातावरण तयार गर्नमा र आन्दोलनरत पक्षले सीमावर्ती नाका पुर्याइरहेका अवरोध हटाउनमा तदारुकता हुनुपर्ने देखिएको छ ।’ उच्च स्रोतका अनुसार मन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीसँग संक्षेपमा फोनवार्ता गरेका थिए ।
मधेसी मोर्चासँग वार्ता गर्ने सरकारी समितिका संयोजक समेत रहेका मन्त्री थापाले बेंग्लोरस्थित धार्मिक गुरु रविशंकरसँग भेट गर्दै धार्मिक–कुटनीतिको उपायबाट दिल्लीमा सकारात्मक वार्ताको वातावरण बन्ने अपेक्षा गरेको उनका निकटवर्तीले बताए । थापाको आग्रहमा बुधबार भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता भएको थिए ।
भेटमा स्वराजले, ‘मधेसी मोर्चासँग संवाद र सहमतीको सन्देश सुन्न दिल्ली पर्खिरहेको,’ भन्ने जवाफ मात्रै दिएकी थिइन् । उनले संविधान संशोधनको सरोकार र सीमांकन मामलामा उठेको बहसबारेमा पनि मन्त्री थापाको ध्यानाकर्षण गराएकी थिइन् । यसैबीच, नेपालको नाकाबन्दी स्थिती र राजनीतिक सरोकारमा भारतको राज्यसभामा दर्ता भएको विशेष महत्वको प्रस्तावमा बिहिबार अपरान्ह विदेश मन्त्री स्वराजले जवाफ दिने भएकी छिन् ।
मन्त्री थापासँगै दिल्लस्थित राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौं फिर्दैछन् । भुटानका लागि समेत राजदूत रहेका उपाध्याय आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा काठमाडौं हुँदै थिम्पू हिँडेका हुन् ।
![]() |
Post a Comment