अन्नपूर्ण:  काठमाडौं अनुशासन विपरित काम गरेको भन्दै नायब प्रहरी उपरिक्षक (डीएसपी) राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले बुधबार डीएसपी सिलवाललाई निलम्बन गरेका हुन् । सिलवाललाई मंगलबार मध्यरात हिरासतमा लिईएको थियो ।


महानगरिय प्रहरी कार्यलय रानीपोखरीमा कार्यरत सिलवाललाई मंगलबार राती एक बजे मादक पदार्थ सेवन गरि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिईएको थियो ।

 कमल पोखरीस्थित एक डिस्कोमा भएको उक्त घटनापछि बुधबार महानिरिक्षक अर्यालले सिलवाललाई निलम्बन गरेका हुन् ।

Post a Comment

 
Top