गोरखा, २३ मङ्सिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अगुवाइ गर्नुभएको ‘नयाँ शक्ति’ अभियानमा लाग्नुभएका नेता देवेन्द्र पौडेलले नयाँ शक्ति दुई वर्षभित्र देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
‘पुराना पार्टीले’ अहिलेको अवस्थाको समाधान गर्न नसक्ने दाबी गर्दै पौडेलले बदलिँदो परिवेशमा देशलाई आवश्यक नेतृत्व प्रदान गर्दै नयाँ शक्ति अभियानले पार्टीको रुप लिने बताउनुभयो ।
आज गोरखामा नयाँ शक्ति उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले “एक वर्षभित्र काँग्रेस, एमाले जस्तै हैसियतमा पुग्ने र दुई वर्षभित्र नेपालकै प्रमुख पार्टी भएर देखाउँछौँ”– भन्नुभयो । नयाँ शक्ति अभियानमा गाउँ गाउँका जनतालाई सहभागी गराउन निर्देशन गर्दै पौडेलले ‘बाबुरामलाई अल्झाउनेको घेरा तोड्न’ आग्रह गर्नुभयो ।

Post a Comment

 
Top