![]() |
एमाओवादी पर्वतको समानान्तर कमिटीका जिल्ला अध्यक्ष केशव कुवर, उपाध्यक्ष यम बिश्वकर्मा, सचिव महेन्द्रजँग लामिछाने लगायत २९ जनाले एमाओवादी परित्याग गरेका छन । २९ जना मध्ये २५ जना पुरानो एमाओबादीका जिल्ला कमिटीका सदस्य रहेको बताइन्छ । ‘भेलामा उपस्थितको संख्या मात्रै २५ जना पुर्ब जिल्ला कमिटीको थियो ।
नयाँ शक्ति अभियानमा लाग्नेहरुमा केशबराज कुवँर, यामबहादुर बिक, यज्ञ सुबेदी, महेन्द्रजंग लामिछाने, बालकृष्ण शर्मा, नारायण लामिछाने, खिलप्रसाद सापकोटा, कमल लामिछाने, यामबहादुर चोचाङ्गी, पिताम्बर नेपाली, देबि लामिछाने, सिता हमाल, बिनोद सुवेदी, जनक भुषाल, निल कुमार रिजाल, मोती रेग्मी, चण्डी भुर्तेल, सिता काफ्ले, गोपाल भण्डारी, तारा गुरुङ, प्रेम बहादुर बि.क., बालकृष्ण गौतम, सुरेश पिसी, कमल रिजाल, किसान अधिकारी, प्रदिप लामिछाने, कालिका केसी, अशोक पौडेल लगायत छन् ।
एमाओबादीको गत बर्ष भएको जिल्ला सम्मेलनमा अध्यक्ष प्रचण्ड निकट कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा कमिटी गठन गरिएको थियो । उक्त कमिटी प्रति असहमति जनाउँदै बाबुराम भट्टराई निकट सदस्यहरुले समानान्तर कमिटी गठन गरेका थिए । यसैगरी अभियानका तर्फबाट जारी गरिएको बिज्ञप्तीमा एमाओवादीले उठाउँदै आएको शान्ति र संबिधानको अभियान एक चरण पुरा भएको र त्यो पुर्ण नभएको बताउँदै बिज्ञप्तीमा भनिएको छ एकातिर पुरातनवादी राजनैतिक शक्तीहरु बर्तमान संबिधानलाई नै सबैथोक ठान्दै जनताका जायज मागहरु र तराई आन्दोलनका जायज मागहरुलाई समेत संबोधन गर्ने पक्षमा छैनन् र देशलाई झन मुठभेठ तर्फ धकेलिरहेका छन् भने अर्कोतर तराई आन्दोलनको नाममा तराईबासी जनताहरुको न्यायोचित मागहरुलाई लिएर संघर्ष गर्नुको सट्टा बिखण्डनकारी सोच र चिन्तनलाई हाबी गराएर बैदेशिक हस्तक्षेप निम्ताउन केहि क्षेत्रिय र जातिवादी शक्तीहरु उद्यत रहेको उल्लेख छ ।
![]() |
Post a Comment