Home
»
»Unlabelled
» १७ पुस, काठमाडौं । दैनिक ११ घण्टाको लोडसेडिङ छ । चाहिएका बेलामा बिजुली नभएर हैरान हुनुहुन्छ हैन ? तपाईं यो समस्याबाट छुटकार चाहानुहुन्छ भने शुक्रबारदेखि राजधानीमा सुरु भएको नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनीले सहयोग गर्न सक्छ । प्रदर्शनीमा तपाईलाई लोडसेडिङबाट मुक्ति दिलाउन सक्ने धेरै प्रविधिहरु राखिएका छन् । सोलारप्रतिको आकर्षण प्रदर्शनीमा सबैभन्दा बढी आकर्षण सोलारमा देखिएको छ । सबैभन्दा बढी सोलारकै स्टल रहेपनि प्रदर्शनीमा भीड पनि सोलरकै स्टमा देखियो । प्रदर्शनी सुरु भएकै दिन लागेको भीडले सोलार प्रविधिका विक्रेकताहरु निकै उत्साही देखिए । solar प्रदर्शनीमा १ हजारदेखि लाखौं मूल्य पर्ने सोलार सिस्टमहरु राखिएका छन् । सहरी क्षेत्रमा १ सय वाटसम्मको सोलर सिस्टम खरिद गर्नुभएमा तपाईंलाई कुनै अनुदानको व्यवस्था छैन । तर, त्यो भन्दा माथि सोलार खरिद गर्नुभयो भने तपाईंलाई सरकारी तवरबाटै अनुदानकै व्यवस्था पनि छ । तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५० वाटको सोलार राख्नुस्, घरको अँध्यारो हट्छ । लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्ने हो सय वाटको सोलार बिजुली राख्नु उपयुक्त हुन्छ । र, यसमा कुनै सरकारी अनुदानको व्यवस्था भने छैन । एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको छ । ५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै धितोका रुपमा रहने व्यवस्था छ । बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज सरकार आफैंले तिर्नेछ । सो ऋण ५ वर्षसम्म किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएमबी बैंकसँग लिन सकिनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment