साउदी – शिया धर्मगुरु शेख निमर अल निमरसहित ४७ जनालाई साउदी अरेबियामा एकै दिन मृत्युदण्ड दिइएको छ । साउदीको गृह मन्त्रालयले आज मृत्युदण्ड सुनाइएका अधिकांश सन् २००३ देखि ०६ सम्म अलकायदाले गरेका विभिन्न आक्रमणमा सहभागी रहेको जानकारी दिएको छ । यता, धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएकोमा इरानले साउदी अरबलाई ‘निकै भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । गत वर्षको अक्टोबरमा साउदी अरेबियाको सर्वोच्च अदालतले निमरको मृत्युदण्डको माफीको अपिललाई खारेज गरेको थियो । साउदी अरेबियाको पूर्वी प्रान्त क्वाटिफका निमर चर्चित शिया नेतामध्ये एक रहेका छन् । उनी सत्तारुढ अल सायद परिवारको खुल्ला रुपमा आलोचना गर्ने र निर्वाचनको माग गर्नका लागि चिनिन्छन् । प्रजातान्त्रिक माग गर्ने निमरलाई सन् २०१२ मा पक्राउ गरिएको थियो । त्यतिबेला भड्किएको हिँसामा तीन जनाले ज्यान गुमाएका थिए । साउदीको गृहमन्त्रालयले निमरविरुद्ध प्रहरीमाथि हमला गरेको र शिया इरानका लागि काम गर्ने गरेको आरोप लगाएको थियो ।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top