फाइल तस्वीर
फाइल तस्वीर
थरुहटले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । आन्दोलनका कार्यक्रमको १२ औं बुँदामा ‘थरुहट/थारुवानको माग विरोधी नेता तथा सरकारमा रहेका मन्त्रीहरुलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्दै कालोझण्डा प्रदर्शन गर्दै बिरोध गर्ने एवम् थरुहट/थारुवान भूगोलमा प्रवेश निषेध गर्ने’ उल्लेख छ ।
थारु बहुल जिल्लालाई समेटेर थरुहट प्रदेश घोषणा गर्न र टीकापुर घटनामा पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्न उसले माग गरेको छ ।
संघर्ष समितिका केन्द्रीय सचिव मिनराज चौधरीले थारुहरुको महान पर्व माघीलाई आन्दोलनकै रुपमा मनाउने बताए । पुस १४ गते बर्दियाको गुलरियामा थारुहरुको स्वयमसेवक दस्ता सार्बजनिक गर्ने, आगामी माघ महिनामा टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने, कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने, राजमार्ग केन्दि्रत आन्दोलन सशक्त बनाउने र आन्दोलनलाई देशव्यापी बनाउने चौधरीले जानकारी दिए ।
Post a Comment