तराई मधेसमा जारी आन्दोलनलाई सम्वोधन गर्न सरकारले प्रमुख तीन दलहरुको समेत सहमतिमा प्रस्तुत गरेको तीन बुंदे प्रस्तावलाई भारतले स्वागत गरे पश्चात नेपाली राजनीति सहजतातर्फ जान आटेंको धेरैले अनुमान गरेका थिए । तर आन्दोलनरत मोर्चाले अपूरो भन्दै अस्वीकार गरेपछि राजनीतिक अन्योल थप बढेको छ । आखिर किन अस्वीकार गर्यो मोर्चाले तीन बुदें ?






मोर्चाले सरकार समक्ष पेश गरेको ११ बुदें प्रस्तावलाई सम्वोधन गर्ने गरी प्रमुख तीन दलहरुले मुख्य तीन मागहरु सीमाङ्कन, समावेशी समानुपातिक र निर्वाचन क्षेत्रका विषयहरुलाई सम्वोधन गर्ने गरी तीन बुदें प्रस्तावमा सहमति गरे । ती विषयहरुलाई संसदमा प्रस्तुत संविधान संसोधन विधेयकमा समेत सामेल गरिएको थियो । त्यसै घटनाक्रमहरुलाई आधार मान्दै नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले समस्या समाधानकोलागि सकरात्मक कदम भन्दै सवैलाई आश्चर्यमा पार्ने किसिमले स्वागत गर्यो ।


अर्कोतर्फ आफ्ना मागहरुवारे भारतको पूर्ण समर्थन खोज्न दिल्ली पुगेका मोर्चाका नेताहरुले भारतीय राजनीतिभित्रको असन्तुलनको कारण अपेक्षित समर्थन प्राप्त गर्न नसकेपछि निराश स्वदेश फर्किय । त्यस घटनाक्रमवाट हौसियका प्रमुख दलहरुले भारतीय चाहनालाई समेत सम्वोधन गर्ने गरी मधेस आन्दोलनलाई सम्वोधन गर्ने गरी तीन बुँदे सहमतिको प्रस्ताव तयार गरे । तर मोर्चाका नेताहरु भने अझै सम्मपनि प्रमुख दलहरु सकारात्मक नभएको भन्दै आन्दोलन जारी रहने बताए ।
  

Post a Comment

 
Top