आफ्नो उम्दा हास्यकलाले कमेडियन जोनी लिभरले सबैको मन जितेका छन्। लामो समयपछि जोनी फिल्म 'दिलवाले'मा देखिने भएका छन्। उनको कलाबारे सबैलाई थाहा छ। उनी परिपक्व हास्य कलाकार हुन्। तर, धेरै कमलाई थाहा छ- सबैलाई हँसाउने यी कमेडियनको जीवनमा यस्तो समय पनि आएको थियो कि हिम्मत हारेर उनी आत्महत्या गर्न रेलको पटरीमा गएका थिए।



जोनी मुम्बईको धारावीको झुपडी बस्तीमा हुर्किएका हुन्। अत्यन्त गरिबीमा आफ्नो बाल्यकाल बितेको उनले एउटा अन्तर्वार्तामा भारतीय पत्रिकालाई बताएका थिए। 'घरमा खाने कुरा केही पनि हुँदैनथ्यो। मेरा बुबा धेरै सहृदय थिए। तर, उनको रक्सी पिउने बानीका कारण हामीले धेरै कुरा सहनुपर्योद। स्कुलको फिस तिर्न नसकेर मैले स्कुल छोड्नुपर्योक। घरमा दिनहुँ हुने झगडा र भोको पेटका कारण वाक्क भएर एक दिन मैले आत्महत्या गर्ने सोच बनाएँ,' अन्तर्वार्तामा उनले भनेका थिए।

'म रेलको पटरीमा गएँ। अगाडिबाट रेल आउँदै थियो। मर्नका लागि रेलको पटरीमा सुत्नै लाग्दा मेरा आँखासामु बहिनीहरूको अनुहार घुम्यो र म तुरुन्त पटरीबाट उठेँ। त्यहाँबाट म नाउको पसलमा पुगेँ। त्यहाँ रेडियोमा एउटा गीत बजिरहेको थियो। त्यो गीतले ममाथि जादुजस्तै असर गर्योम। त्यहाँबाट म चुपचाप घर गएँ,' जोनीले भने।

दुःख व्यक्त गर्दै जोनीले भने, 'मेरा बहिनीमध्ये पछि एकजनाको मृत्यु भयो। तर, त्यतिबेला मैले उनको अन्तिम संस्कार गर्नुको साटो स्टेजमा उक्लिनु थियो। किनकि, घरमा पैसा थिएन।' जीवनमा धेरै उतारचढाव देखेको जोनीको भनाइ छ। उनी हिन्दुस्तान लिभरमा साधारण कर्मचारी थिए। मिमिक्री गर्दै उनी फिल्म क्षेत्रमा छिरे। अहिलेसम्म उनले ३ सय ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

Post a Comment

 
Top