६ वर्ष अघि ३ वर्षिया बालिकाको सामुहिक बलात्कार पश्‍चात हत्या भएको घटनाका अभियुक्त पक्राउ:
घटनाको संक्षिप्त जानकारी:
घटना मिति : २०६६।०५।०८ गते
घटनाको प्रकार : बलात्कार पश्‍चात हत्या
घटना स्थल : जि.ललितपुर ल.पु.उ.म.न.पा वडा नं. ९ च्यासल
घटना समय : अपरान्ह अं. १६:४५ बजे
घटनामा संलग्न व्यक्तिहरू : २ जना
मृतकको विवरण:
नाम : सजिना च्यासी श्रेष्‍ठ
ठेगाना : जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.२ घर भई हाल जि.ललितपुर ल.पु.उ.म.न.पा वडा नं. ९ च्यासल
उमेर : ३ वर्ष
घटना श्रृंखला:
- घटनाको दिन मिति २०६६।०५।०८ गते दिउँसो अं.१४:०० बजेको समयमा अभियुक्तहरू सौगात व्यञ्‍जनकार र सन्दिप व्यञ्‍जनकारको ललितपुर च्यासल स्थित सरस्वती धारामा भेट भएको ।निजहरू दुबै पूर्व परिचित साथीहरू हुन।

- सो स्थानमा ३।४ जना केटाकेटीहरु खेलीरहेको देखि निज अभियुक्तहरुले बलात्कारको योजना बनाएको ।


- निजहरु दुबैले आफ्नो योजनाको टार्गेटको रुपमा टोलमै बस्ने र अन्य बच्चासँग खेलि रहेको शंकर च्यासी श्रेष्‍ठको ३ वर्षिया छोरीलाई रोजेको ।


- निज बालिकाको आमा अन्यत्र विवाह गरी गएको र बाबु पनि दिनभर व्यापार (गाडा पसल) मा जाने हुँदा बालिका दिनभर एक्लै जस्तो टोलमा खेलिबस्ने भएकोले योजनालाई मुर्त रुप दिन सजिलो ठानी अभियुक्तहरुले बालिकालाई आफ्नो टार्गेट बनाएको देखिएको।जसमा संदिप व्यञ्जनकार निज मृतकसँग पूर्व परिचित समेत भएको।


- योजना अनुरुप ललितपुर च्यासल स्थित सरस्वती धारा नजिकै नियमित झैं खेलिरहेकी निज ३ वर्षिया बालिका सजिना च्यासी श्रेष्‍ठलाई बोलाई बिस्कुट खान दिई फकाएको ।


-खेल्ने क्रममा धुलो मैलो भएकी बालिकालाई बिस्कुट खुवाई फकाई धारामा लगेर दुबैले मिली नुहाईदिएको ।
-त्यसपछी दुबै जना अभियुक्तहरु सौगात व्यञ्‍जनकार र सन्दिप व्यञ्‍जनकार मिली बालिकालाई बोकेर नजिकै रहेको सप्‍तपुर महाबिहार मन्दिरको ट्वाईलेटमा लगी भित्र छिरी ढोकासमेत लगाई निज बालिकाको कपडा फुकालिदिएको ।


-सो क्रममा मृतक बालिकाले बाबा बाबा भनि कराउन चिच्याउन लागेकोले अभियुक्त मध्येका सौगात व्यञ्जनकारले बालिकाको मुख थुनेको र अर्को अभियुक्त सन्दिप व्यञ्जनकारले जबर्जस्ती करणी गरेको ।


-लगभग ३।४ मिनेट पश्चात बालिका रगताम्य भई बेहोस जस्तै भएको र बाहिर मानिसहरुको आवाज सुनेकोले अभियुक्तहरु मध्येका सन्दिप व्यञ्जनकार तत्कालै कपडा लगाएर भागेको ।


-अर्को अभियुक्त सौगात व्यञ्जनकारले बालिकाले सन्दिप व्यञ्जनकारलाई चिनेको र आफूलाई पनि चिन्न सक्ने हुँदा पछी आफ्नो संलग्नता खुल्छ भन्ने ठानी निज बालिकाले लगाएको टि-सर्टले नै घाँटीमा कसेर बाँधी मारेर बालिकाको लासलाई शौचालयको प्यानमा कोची त्यहाँबाट भागेको ।
-अनुसन्धानको क्रममा घटनामा संलग्न मध्ये जि.ललितपुर ल.पु.उ.म.न.पा.९ च्यासल बस्ने सन्दिप व्यञ्‍जनकारको १ (एक) वर्ष पहिले मृत्यू भईसकेको खुल्न आएको ।


-घटनामा संलग्न जि.ललितपुर ल.पु.उ.म.न.पा.९ च्यासल बस्ने वर्ष २२ का सौगात व्यञ्जनकारलाई मिती २०७२/०८/१५ गते पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।



Post a Comment

 
Top