काठमाडौं, १ पुस । यस वर्षको एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । तराई मधेसमा जारी आन्दोलनका कारण  चैतको पहिलो हप्ता हुँदै आएको एसएलसी परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ ।
तराई मधेसमा जारी आन्दोलनले गर्दा एसएलसी परीक्षाको समय तालिका समेत प्रभावित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा समितिको बुधबार बेसेको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म जारी रहने समय तालिका सार्वजनिक गरेको हो ।  यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो।
आज जारी गरिएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ ।
यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।


Post a Comment

 
Top