ताजाखबर, १ पुस-
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर गएको विरोधमा आन्दोलनकारीले प्रदर्शन चर्काएका छन् । भण्डारीले जानकी मन्दिरमा दर्शन गरेर फर्के लगत्तै प्रदर्शनकारीले विरोध जनाउँदै ढुंगामुढा गरेका छन् ।

उनीहरुले मन्दिर पसिरमा रहेका सामग्रि तोडफोड गरिदएका छन् । राष्ट्रपतिले मन्दिर दर्शन गरेर निस्कँदा प्रदर्शनकारीले कालो झण्डा देखाउने क्रममा प्रहरीसँग झडप समेत भएको छ । झडपका क्रममा केही सामान्य घाईते भएका छन् ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।
राष्ट्पतिको जनकपुर भ्रमणको विरोधमा विभिन्न मधेशी राजनीतिक दल तथा संस्थाहरुले विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।



Post a Comment

 
Top