काठमाडौँ, २४ मङ्सिर । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले आफुहरुलाई दिल्ली जान कुनै रहर नभई बाध्यताले जानु परेको बताएका छन् ।

मुलुकको समस्या समाधान मुलुकभित्रै खोज्नु पर्नेमा छिमेकी देशमा गएको विषयलाई लिएर मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको आलोचना भईरहेको बेला नेता ठाकुरले नयाँ दिल्लीमा नेपालको पछिल्लो समस्या र मधेसको आन्दोलनको विषयमा कुराकानी भएको बताए ।

नेता ठाकुरले भने ‘छिमेकीलाई बुझाउन सरकारले हामीलाई बाध्य पार्यो र दिल्ली जानु पर्यो । उनीहरुलाई मधेसको विषयमा पहिलादेखि नै जानकारी थियो ।’

राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता ठाकुरले दिल्लीको कुनै सन्देश नभएको भन्दै मधेसको समस्या नेपालीको हो र अब हामी छलफल गरेर समस्याको समाधान तिर जान्छौ ।

नेता ठाकुरले दुई चार दिनमा नै मुलुकले निकाश पाउने समेत बताएका छन् ।



Post a Comment

 
Top