![]() |
मुलुक अनिश्चिततातर्फ गइरहेकाले मधेस आन्दोलनको तत्काल निकास निकाल्नुपर्ने पनि उनले बताएका छन् । आज राजधानीमा जिल्ला कार्य समिति काठमाडौँले आयोजना गरेको दबाब र्यालीमा बोल्दै काठमाडौँ क्षेत्र नं ४ का सांसद थापाले मधेसको मागलाई तत्काल सम्बोधन गरी मुलुकलाई निमार्णको बाटोमा लैजानुपर्ने धारणा राखे ।
उनले दैनिक उपभोग्य सामग्री, औषधि तथा इन्धनको आपूर्तिका लागि गम्भीर हुनुपर्ने र आन्दोलनरत दललाई सहमतिमा ल्याई निर्दोष जनताको जीवन रक्षा गर्न सरकारसँग माग पनि गरे । उनले भारतले नेपालले पाउनुपर्ने पारवहन अधिकारलाई बिना कारण खोसे पनि नेपाली जनताले कति पनि विचलित नभई त्यसको सामना गर्ने बताए ।
कांग्रेसका जिल्ला सभापति भीमसेन दास प्रधानले तराईमा केही पार्टीले गरेको आन्दोलनले सिङ्गो देशलाई पछाडि धकेलेको बताए । उनले संविधानमा असहमति भए त्यसलाई वार्ता र सहमतिबाट मात्र सुल्झाउन सकिने भएकाले आन्दोलन छोडी वार्तामा आउन आग्रह गरे । र्यालीपछिको कोणसभामा कांग्रेस सांसदहरु राज्यलक्ष्मी श्रेष्ठ र ध्यानगोविन्द रञ्जीतले पनि बोलेका थिए ।
![]() |
Post a Comment