![]() |
सर्लाहीमा आज एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नंको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पु¥याएको टोली संयोजक नितु गर्ताैलाले जानकारी दिनुभयो ।
घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको र त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको उहाँले राससलाई बताउनु भयो ।
![]() |
Post a Comment