![]() |
भेला २ दिन सम्म चल्ने छ । भेलामा एमाले नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, सचिव प्रदिप ज्ञावली र स्थायी किमिटि सदस्य शंकर पोख्रेल लगाएत सर्लाहीदेखि पर्सासम्मका एमालेबाट निर्वाचत सांसदहरुको सहभागीता थियो । एमालेले चितवनमा तराई मधेस विशेष भेला गरी नयाँ संविधानबारे जानकारी गराउन अभियान संचालन गर्ने निर्णय गरेपछि पहिलो पटक यहाँ कार्यक्रम आयोजना गरिएको हो ।
भेलाको उदघाटन गर्दै एमाले नेता नेपालले संविधानका बारेमा मधेशका जनतालाई बुझाउन ढिला भएको बताए । उनले भने, 'सविधान पारित भइसक्दा गाउँमा बस्ने मधेसी समेत ठगिएको भन्ने भ्रममा छन् त्यो भ्रम हटाउन जरुरी छ ।'
हामी संविधानमा मधेशी लगाएतमा समुदायको अधिकारका बारेमा बुझाउन गाउँगाउँ पुग्न सकेनौ, टिभि रेडियो मार्फत समेत बुझाउन सकेनौ उनले भने, 'कमिकमजोरी भएकै हो ।' उनले सविधान संसोधनबाट समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।
नेपालले आन्दोलनको नाममा पेट्रोल बम हान्ने, ढुंगामुढा गर्ने र साना बालबालीका मार्ने जस्ता काम भएकाले त्यसलाई बिरोध गर्नु पर्ने धारणा राखे । उनले हातमा संविधान राखेर त्यसमा रहेको अधिकारका बारेमा ब्याख्या गरेका थिए ।
उनले मधेशी मोर्चाका नेतालाई भेलाबाट चुनौती दिदैं भने, 'संविधानमा मधेशी जनताको अधिकार कटौती गरेको एउटा मात्र पाना, धारा, कुनै एउटा भाग वा लाईन देखाउनुस तपाईको आन्दोलनको समर्थनमा एमालेले साथ दिन्छ ।' उनले झुठो प्रचार मधेशबाटै जन्मेको नेकपा एमालेलाई मान्य नहुने बताए ।
महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञावली, स्थायी सदस्य शंकर पोखरेल र मधेशी सासद शत्रुघ्न महतोले मधेश आन्दोलनले मधेशी समुदायलाई गुमराहमा राखेको बताएका थिए । युवासंघका राष्ट्रिय अध्यक्ष राजिव पहरीको अध्यक्षतामा भेलाको आयोजना गरेको हो । अध्यक्ष पहरीले मञ्चमै मधेशी नेता सित मित लगाएका थिए । मधेशी मोर्चाले भेलामा नजान उर्दी जारी गरेपछि दक्षिणिभेगका मधेशी कार्यकर्ताले आफ्नो उल्लेख्य सहभागीता जनाउन नपाएको एमालेले जनायो ।
![]() |
Post a Comment