काठमाडौँ, ८ पुस - चीनको शेनचेनमा पहिरोमा पुरिएको ६० घण्टापछि एक व्यक्तिलाई जीवितै उद्दार गरिएको छ।

गएको आइतबार सबेरै शेनचेनमा पहिरो जाँदा पुरिएका १९ वर्षका व्यक्तिलाई उद्दारकर्मीले जीवितै उद्दार गरेका हुन्। शेनचेनको औद्योगितक क्षेत्रमा पहिरो जाँदा ३० भन्दा धेरै भवन ध्वस्त भएका थिए। उद्दारकर्मीले मंगलबार एक जनाको शव निकालेका थिए। उद्दारकर्मीले बुधबार बिहान १९ वर्षका तियान जेमिङलाई जीवितै उद्दार गरेका हुन्।

अहिले पनि पहिरोमा परि ७० जना भन्दा धेरै बेपत्ता भएका छन्। ठूलो पानी परेपछि निर्माण सामग्री तथा त्यसको फोहरले बनेको पहाड खस्दा पहिरो गएको थियो। जेमिङ पहिरोका कारण भत्किएको भवनको छानोमा बनेको सानो भागमा रहेका थिए। उनलाई उद्दार गर्न उद्दारकर्मीलाई झण्डै दुई घण्टा लागेको थियो।

उनको अवस्था निकै कमजोर रहेको उद्दारकर्मीले बताएका छन्। उद्दारपछि तियानलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। उद्दारकर्मीले तियानलाई उद्दार गर्ने क्रममा नजिकै अर्को व्यक्तिको शव पनि फेला परेका थिए। घटनामा परि ज्यान गुमाउनेको संख्या सार्वजनिक भएको छैन।  एजेन्सी

Post a Comment

 
Top