संयुक्त बजार अनुगमन टोलीले बरामद गरेका विभिन्न किसिमका सामाग्रीहरु नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता मञ्च लगायतको रोहबरमा उक्त सामाग्री नष्ट गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले बुधबार भुरीगाउँ, कतर्निया र धधबारको बैदी चौकमा रहेका विभिन्न पसल, एग्रोभेट, मेडिकल, होटल र पेट्रोलपम्पहरु अनुगमन गरेको थियो ।
Post a Comment