नेपालगन्ज: नेपालगन्ज रुपेडिया नाका सहज भएपछि ३७ लाख लिटर इन्धन भित्रिएको छ । गत मंसिर २२ गते यता नेपालगन्ज नाकामा कुनै अवरोध छैन ।
नाका सहज भएपछि २३ लाख ८४ हजार लिटर डिजल, ३ लाख ८० हजार पेट्रोल, ५ लाख ४० हजार लिटर हवाइ इन्धन र ३ लाख ८५ हजार लिटर खान पाउने एलपी ग्यासगरि ३६ लाख ८९ हजार लिटर इन्धन भित्रिएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख विनित उपाध्यायले जानकारी दिए ।
उनले पछिल्लो १० दिनयता नेपालगन्जमा इन्धन आयातको अवस्था सुधारात्मक रहेको बताए । उनले भने – अवस्था सहज तर्फ उन्मुख छ । आयल निगम नेपालगन्जका प्रमुख उपाध्यायले सुनौली नाकाको सहजताको भारले गर्दा अवस्था पुर्ण सहज भने हुन नसकेको बताए ।
पछिल्लो समयमा भैरहवा सुनौली नाकाबाट भारतीय पक्ष सिमित मात्रामा मात्रै इन्धन पठाइएको छ । सुनौली नाका पुर्णरुपले नखुल्दा नेपालगन्ज नाकाबाट भित्रिएको इन्धन गइरहेको छ ।
नेपालगन्ज नाकाबाट भित्रिएको मध्ये ६० प्रतिशत त काठमाण्डौं पठाउनु पर्ने वाध्यता समेत रहेको छ । आयल निगम नेपालगन्जका प्रमुख उपाध्यायले ६० प्रतिशत काठमाण्डौं पठाएर बचेको ४० प्रतिशत दामासाहीले मध्यपश्चिमका बाँके, बर्दिया, सर्खुेत, दाङमा वितरण भइरहेको जानकारी दिए ।
उनले भने – त्यति लामो लाइन कतै छैन, अवस्था सहज हुदैछ । भैरहवाले अलिकती असर पारेको छ । उनले नवलपरासी, रुपन्देही र कपिलवस्तुबाट समेत तेल भर्न यतै आउने गरेको बताए ।
उनले एलपी ग्यास भने काठमाण्डौ पठाउन छोडेको जानकारी दिए । ग्यास भने पठाएका छैनौ, यतै चाहिने भएकोले पठाउदैनौं – प्रमुख उपाध्यायले भने ।
पछिल्लो समयमा नेपालगन्ज रुपेडिया नाकाबाट दिनहु २०/२२ वटा इन्धनका ट्याङकर भित्रिरहेका छन् । भारतीय आयल निगम (आइओसी) को गोण्डास्थित डिपोमा समेत इन्धन लोडिङका कुनै समस्या नरहेको बताए ।
मंसिर १२ गतेबाट २२ गते सम्म नेपालगन्ज रुपेडिया नाका ठप्प भएको थियो । १२ पुर्ण रुप ठप्प भएको कारण अझै सहज हुन नसकेको हो । आयल निगम प्रमुख उपाध्यायले निरन्तर आइरहेमा केही दिनमा नै सहज हुने बताए ।
नेपालगन्ज रुपेडिया नाकाबाट विहीबार २२ ट्याङकर डिजल, ३ वटा ग्यास बुलेट, ३ वटा हवाइ इन्धन र ४६ वटा अन्य मालावाहक गाडि भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर गुरुङले जानकारी दिए ।
Post a Comment