![]() |
ताजा खबर , नेपालगञ्ज मंसिर २९
हराइरहेकी आप्mनी छोरीको खोजीमा सहयोग नमिलेपछि नेपालगञ्जका मोहम्मद वसिम मनिहार चिन्तित भएका छन । झण्डै एक महिनादेखि हराइरहेकी आप्mनी छोरीको खोजीमा रहेका मनिहार कसैको पनि सहयोग नपाएपछि चिन्तामा छन ।
गत २ गते वडा नम्बर १७ बुलबुलियास्थित आप्mनै घरबाट हराइरहेकी १५ बर्षीया छोरी सोनी मनिहारलाई छिमेकमै बस्दै आएका चार जना भारतीय नागरिकले बेच्नलाई भारत लगेको आशंका मनिहारको छ । मनिहारले नसिम खाँ, बब्लु खाँ, नुरजाहा खाँ र तमौलीन भनिने मुन्नी खाँले आप्mनी छोरीलाई भारतमा लगेर बेचेको आरोप लगाएका हुन । ‘उनीहरुको व्यवहार शंकास्पद थियो, केही समय पहिला पनि उनीहरुले एक जना पहाडी समुदायकी केटीलाई आप्mनो घरमा लुकाएका थिए,’ मुनिहारले भने, ‘मेरी छोरीलाई पनि उनीहरुले नै बेच्नलाई लगेका छन् ।’ विरामी श्रीमतीलाई लिएर आफू अस्पताल गएको मौका छोपी उनीहरुले छोरीलाई घरबाटै लगेको उनले बताए ।
छोरी हराएको भोलीपल्टबाट खोजीमा निस्केका मुनिहारले कैयौंपल्ट प्रहरीमा जाहेरी दिने प्रयास गरेपनि उल्टै हप्की खाएकाले निराश बनेको बताए । वडा प्रहरी र जिल्लामा जोहरी दर्ता नगरिदिएको उनको गुनासो छ । प्रहरीमा अहिलेसम्म औपचारिकरुपमा उहाँको जोहरी दर्ता गरिएको छैन । जिल्ला प्रहरी कार्यालयको महिला सेलले भने हराइरहेकी मुनिहारकी छोरीको खोजीका लागि प्रहरीले अनुसन्धान थालिरहेको बताएको छ ।
उनले महिला तथा बालबालिका कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगमा पनि निवेदन दिएका छन । महिला विकास निरीक्षक बिन्दु कुँवरले कार्यालयमा निवेदन परेपछि आफूले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरीमा सिफारिस गरेको भएपनि सुनुवाई नभएको प्रतिक्रिया दिइन । ‘आज त्यसका लागि जिल्ला प्रहरीमा जाँदैछौं, त्यहाँ छलफल गरेर दोषीलाई आवश्यक कारवाहीका लागि पहल गर्छौं,’ कुँवरले भन्नुभयो ।
![]() |
Post a Comment