Via: Taja khabar
ताजाखबर, २० नेपालगञ्ज-
एक साता बढी समयदेखि ठप्प नेपालगञ्जको रुपैडिहा नाका सुचारु हुने संकेत देखिएको छैन । मधेशी मोर्चाका कार्यकर्ता निरन्तर धर्नामा बसेपछि नाका पूरै प्रभावित भएको छ । सयौं मालबहाक गाडी भारततर्फ अलपत्र छन् ।
भारतीय भन्सार क्लियर भईसकेका कतिपय गाडी पनि नेपाल प्रबेश गर्न पाएका छैनन् । उता कैलालीको त्रिनगर भन्सार भने सुचारु भएको छ । दुई दिनयता सहजरुपमा इन्धनका ट्यांकर र मालबहाक गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top