साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बङ्गलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेल खेल्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गते हुने उक्त मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियनसिपका लागि भारतको केरला प्रस्थान गर्ने आज यहाँ आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । साफ च्याम्पियनसिप भने आगामी पुस ८ गतेदेखि सञ्चालन हुनेछ ।

Post a Comment

 
Top