सुन्दरता मानव सभ्यताको एक परिचय पनि हो । शारीरिक सुन्दरता मानव सभ्यतामा निकै अघिदेखि चर्चा हुने गरेको छ । पौराणीक कालमा पनि उवर्सीको सुन्दरताको चर्चा हुने गरेको थियो भने स्वर्गका अप्सराहरुको पनि चर्चा हुने गरेको छ ।

आधुनिक युगमा त झन् शारीरिक सुन्दरतालाई सबैभन्दा महत्वपुर्ण मानिएको छ । त्यसमा पनि सुन्दर ओठलाई खासगरी महिलाको सौन्दर्यका रूपमा लिने गरिएको छ । युवतीहरुको गुलाबी ओठलाई राम्रो मानिन्छ ।

तर, सबैका ओठ प्राकृतिक रूपमै गुलाबी हुँदैनन् । त्यसका केही उपाय भने पक्कै छन् । तपाईं पनि आफ्नो ओठलाई गुलाबी बनाउन चाहनुहुन्छ भने यसो गर्नुहोस् ।

1. ओठ लामो समय सुक्खा भयो र फुट्यो भने कालो हुन्छ । त्यसैले ‘लिपबाम’ साथै राख्नुपर्छ र ओठ सुक्खा हुनेबित्तिकै प्रयोग गर्नुपर्छ ।

2. सस्तो पाइयो भन्दैमा गुणस्तरहीन लिपस्टिक लगाउनुहुदैन । यसले ओठलाई अझ कालो बनाउँछ । त्यसैले राम्रो कम्पनीको लिपस्टिक प्रयोग गर्नुपर्छ । नरम र स्वस्थ ओठका लागि मोस्चराइजरयुक्त लिपस्टिकको प्रयोग उपयुक्त हुन्छ ।

3. राति सुत्नुअघि बदामको तेल ओठमा नियमित लगाउँदा केही समयमै ओठ गुलाबी बन्न थाल्छ ।

4. गर्मीको समयमा छाला र ओठमा काँक्राको रस लगाउँदा फाइदा हुन्छ । यसले ओठको कालोपन घटाउन मद्दत गर्छ ।

5. कागतीमा चिनीको धुलो मिसाएर ओठमा रगड्दा मरेको छाला निस्कन्छ । दैनिक यसो गर्नाले ओठको सौन्दर्य बढ्छ ।

6. कागती र मह बराबरी मिसाएर बनाएको घोल ओठमा २० मिनेटसम्म लगाउँदा ओठको गुलाबीपन बढ्छ ।

7. ज्यादा चिया वा कफी पिउनाले पनि ओठको रङ कालो हुन्छ । पानीचाहिँ बढी पिउनुपर्छ । कम्तीमा पनि दिनको आठ गिलास पानी पिउनु आवश्यक हुन्छ ।

8. नरिवलको पानी, कागती र काँक्राको रस मिलाएर ‘लिप टोनर’ बनाई दिनको दुई–तीनपटक प्रयोग गर्ने हो भने ओठको गुलाबीपन बढ्दै जान्छ ।

9. अनार, रातो अंगुरलगायतका फलका साथै सागसब्जी खानाले ओठको कालोपन घटाउन मद्दत गर्छ ।

10. ओठ फुट्दा पाप्रा उप्काउने बानीले ओठ कालो बनाउँछ । फुटेको ओठमा बदाम र गुलाबको पत्ता मिसाएर पेस्ट बनाएर लगाउँदा फाइदा हुन्छ ।


Post a Comment

 
Top