त्रेतायुगमा मर्यादा पुरषोत्तम राम र सीताबीच भएको विवाहको स्मरणमा जनकपुरमा मनाईने विश्व प्रसिद्ध सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत अन्तिम दिन बिहीबार रामकलेवा मनाइएको छ । रामकलेवा मनाईएसंगै विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न भएको छ । मधेस आन्दोलन र नाकाबन्दीका कारणले ह्रास आएको विवाह पञ्चमीमा राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले बुधबार जानकी मन्दिर सहित जनकपुर तनावग्रस्त बन्न पुगेको थियो । जसको कारणले विवाह पञ्चमीबीचमै रोकिएको थियो ।

Post a Comment

 
Top