प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गरेका राप्रपा र नेपाल परिवार दललाई समेटेर बिहीबार सरकारलाई पूर्णता दिन लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। यसअघि राप्रपाले मन्त्री छान्न ढिला गरेपछि सरकारले पूर्णता पाएको थिएन।
राप्रपाले पार्टीभित्रको आन्तरिक किचलोका कारण सरकार विस्ता भएको तीन महिनासम्म पनि आफ्नो तर्फवाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन सकेको थिए। प्रधानमन्त्री ओलीले बिहीबार राप्रपा र नेपाल परिवार दललाई एक-एक वटा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
सरकारमा सहभागी हुने राप्रपा र नेपाल परिवार दलका मन्त्रीहरुलाई साँझ ५ बजे पद तथा गोपनियताको शपथ गराउने तयारी प्रधानमन्त्री ओलीको छ ।
Post a Comment