प्रहरी निरीक्षक ओमप्रसाद यादवले आगलागीमा परेर कालिकोटको लालु ८ की ३५ वर्षीय जया मिजार, २६ वर्षका मानबहादुर विक, ४० वर्षीय मगा सुनार र लालु ९ का २८ वर्षका गगन सुनारको मृत्यु भएको बताएका छन् ।
प्रहरीले घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले आगलागीमा परेर घाइते भएकाहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पताल लैजाने तयारी भईरहेको बताएका छन् । आगलागिको कारण भने खुल्न सकेको छैन् । -
Post a Comment