काठमाडाैं मंसिर २५ -अाजको नयाँ पत्रिका दैनिकले तमलाेपाका अध्यक्ष महन्थ ठाकुरसँग लिएएकाे अन्तर्वार्ता छापेकाे छ । जसमा ठाकुरले कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो भनेका छन् ।

‘कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो ,’ ठाकुरले भने हाम्रो आन्दोलनबारे भारतमा छरिएको भ्रम तोड्न हामी गएका थियौँ । यसमा मध्यस्थताको कुरा कसरी आयो र ? आन्तरिक समस्या यहीँबाट टुंगो लगाउने हो ।

‘त्यसैले हामीले सरकारसँग ११ बुँदे मागबारे प्याकेजमा छलफल गर्ने र सहमति गर्ने प्रयत्न गरिरहेका छौँ । त्यो कुरा प्रधानमन्त्रीसहितको बिहीबारको वार्तामा पनि उठेको थियो । त्यहाँ पनि हामीले प्याकेजमै कुरा गरौँ भनेका छौँ । अहिलेको आन्दोलन नगदमै टुंगो लगाउनुपर्छ । उधारोमा सहमति गर्ने पक्षमा छैनौँ ।’

Post a Comment

 
Top