मृत्यु भएका चारै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट कालिकोट पुर्याइएको छ भने घाइते ६ जनाको उपचारका लागि हेलिक्पटरबाट काठमाडाैं लगिएको छ। उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ। मृतक चारैजनाको शव बुधवार हेलिकप्टरबाट कालिकोट पुर्याएर आफन्तको जिम्मा लगाएको प्रहरीले जनायो।
ग्रामिण पहुँच कार्यक्रम र्याप थ्री को सडक निर्माणमा मज्दुरी गर्न एकै गाउँका १२ जना मज्दुर हुम्ला गएका थिए। लालु गाविस– ३ का ठेकेदार अमर शाहीले सडको काम गराउन लगेको मृतकका आफन्तले जनाएको प्रहरीले जनाएको छ। बुधवार साँझको ८ बजे खाना खाएर सुतिरहेको अवस्थामा अगेनुबाट खर र पालले टाँगेको ओडारको छानोमा आगो सक्लेको भएको प्रहरीले जनाएको छ।
मृतकका परिवारको विचल्ली
लालु ८ का केश विकले आर्थिक अभावका कारण माइला छोरा माानबहादुर विकलाई घर खर्च कमाएर पठाउँला भनेर मज्दुरीका लागि हुम्ला पठाए । उनले छोरालाई पठाएको २१ दिन नबित्दै सुतिरहेको अवस्थामा आगलागीबाट मृत्युको खबर सुन्नुपर्यो। केश विक का उनी माइलो हुन्। उनको जेठो छोरा रोजगारको लागि विदेश गएका छन्। छोराको मृत्यु भएपछि उनको ११ जनाको परिवार अहिले विचल्लीमा छ। पैसा पठाउछकी भन्ने आस गरेको दिनमै छोराको मृत्युको खबर सुन्दा उनी आकासबाट खसे जस्तो भयो। मृत्यु भएका मानबहादुर स्थानीय विद्यायलमा कक्षा ८ मा अध्ययन गर्दै थिए। घरखर्च चलाउन समस्या भएपछि छोरालाई पैसा कमाउन हुम्ला पठाएको केश विकले बताए ।
अरु ३ जना मृतकका आफन्तको पनि निकै विचल्ली भएको छ। धन कमाउन पठाएका आफन्तले लाश बुझ्दा पीडा माथि पीडा थपिएको छ। लालु ८ की पाना सुनारका दुई छोरा जस सुनार र गोविन्द सुनारको अवस्था गम्भिर छ भने उनका अर्का नाति लोग सुनारको पनि अवस्था गम्भिर छ।
ओडारबाट हाम फालेर बाँच्यौं
ओडारको खर र पालको छानोमा सुतेका १२ जना मज्दुर मध्य लालु ८ वीरेन्द्र सुनार र उनका भाई हिरा सुनार भने ओछ्यानबाट हाम फालेर बाँच्न सफल भएका छन्। वीरेन्द्र सुनारले भने,' चिसोले सताई रहेको बेला सुतिरहेका थियौं। आगो ओछ्यान नजिकै आगो बालेका थियौं कसरी सल्कियो थाहा भएन।' धुवाँले उकुसमुकुस भएपछि दुवैजनाले हाम फालेर ज्यान बचाएको उनले बताए। दिनभरीको कामको थकाइले आगो लागेको थाहा नपाएको उनले जनाए।
Post a Comment