गोरखा, २७ मङ्सिर । ( फाइल तस्विर ) ‘भूकम्पपछि नेपालका बालबालिकाको आवाज’ नामक प्रतिवेदन आज यहाँ सार्वजानिक गरिएको छ । वल्र्ड भिजन इन्टरनेसनलले युनिसेफ, प्लान नेपाल र सेभ द चिल्ड्रनसँगको साझेदारीमा तयार गरेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्मको अवस्थाबारेको प्रतिवेदनको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले लोकार्पण गर्नुभयो ।
प्रतिवेदनमा भूकम्प प्रभावित नेपालका १६ जिल्लाका बालबालिकाको अवस्थाबारे उल्लेख छ । बढ्दो चिसोबाट जोगाउन न्यानो कपडाको पर्खाइमा भूकम्पपीडित बालबालिका रहेको जनाउँदै प्रतिवेदनले उल्लेख गरेको छ–“दुःख, कष्ट झेलेर अधिकांश भूकम्पपीडितले पढ्दै आएका छन् ।”
कार्यक्रममा वल्र्ड भिजनको सहयोगमा भवानी उमावि ठाँटीपोखरीका बालबालिकाले ‘भूकम्प र राहत वितरणमा भएको अनियमितता’बारे नाटक प्रस्तुत गरेका थिए । रासस


Post a Comment

 
Top