![]() |
उनीहरूले तराईसहितका २१ जिल्लाबाट उक्त शीर्षकको नागरिकता पाएका हुन् । नेपाली पुरुषसँग विवाह गरेका भारतीय युवतीलाई नयाँ संविधानले नागरिकताबाट वञ्चित गराएको झुटो प्रचार भइरहेको तराईको एक जिल्लाका प्रशासकीय अधिकारीले बताए । झुटो प्रचारकै सहारा लिएर तराई–मधेसमा सर्वसाधारणलाई भडकाउने काम भइरहेको उनले जानकारी दिए ।
असोज ३ देखि पुस १ सम्म झापाबाट ६८, मोरङबाट ३०, सुनसरीबाट २६, सप्तरीबाट ५, सिरहाबाट ९, धनुषाबाट १८, महोत्तरीबाट ९, सर्लाहीबाट १, रौतहटबाट ९, बाराबाट १९, पर्साबाट २७, मकवानपुरबाट १, चितवनबाट ४, नवलपरासीबाट ९४, रूपन्देहीबाट ८१, कपिलवस्तुबाट ८१, दाङबाट ४, बाँकेबाट ६८, बर्दियाबाट ३३, कैलालीबाट २ र कञ्चनपुरबाट ७ जनाले त्यस्तो नागरिकता लिएका छन् ।
भारतीय संसदको माथिल्लो सदन राज्यसभामा दुई साताअघि भएको नेपालबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विदेशमन्त्री सुष्मा स्वराजले समेत नेपालमा नयाँ संविधानले नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेलीलाई नागरिकतालगायत अधिकारबाट वञ्चित गरेको दाबी गरेकी थिइन् । जबकि, नयाँ संविधानमा अंगीकृत नागरिकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । नेपाली वैवाहिक अंगीकृत नागरिकता पाएका महिला हालको संसदमा करिब आधा दर्जन छन् ।
‘वैवाहिक अंगीकृत नागरिकता दिइएको छैन भन्ने कुरा सरासर झुटो हो,’ गृह मन्त्रालयको नागरिकता महाशाखा प्रमुख सहसचिव विनोद केसीले कान्तिपुरसित कुरा गर्दै भने, ‘नेपाली पुरुषसित विवाह गरेका अन्य देशका युवतीलाई पनि वैवाहिक अंगीकृत नागरिकता वितरण भइरहेको छ ।’
![]() |
Post a Comment