मोर्चाका कार्यकर्ताबाट लुकेर ट्यांकर तोडफोड
नेपालगन्ज: बुधबार साँझपख भारततिर पठाइएका २ पेट्रोलियम ट्याङकर आन्दोलनकारीले तोडफोड गरिदिएका छन् ।

भारततर्फ लुकेर आन्दोलनकारीले प्रहरीलाई गुलेली र ढुङ्गा प्रहार गरिरहेका छन् । भारततिर इन्धन लिन गएका ट्याङ्करसमेत भारतीय सुरक्षा बल एसएसबीले फिर्ता गरिदिएको इलाका प्रहरी कार्यालय जमुनाहाका सहायक निरीक्षक हरिबहादुर गुरुङले जानकारी दिए ।

‘दुईवटा ट्याङकरको सिसा नै फुटाइदिए, एसएसबीले पनि ट्याङकर फिर्ता गरिदिएको छ’, असई गुरुङले भने, ‘अवस्था झन तनावपुर्ण भएको छ ।’

उनले भारत गएका ट्याङकरहरु फिर्ता भइरहेको जानकारी दिए । रात परेपछि सीमामा तनाव झन बढेको उनले बताए । दिउँसो झडप भएपछि इन्धनका २३ ट्याङकर, २ वटा ग्यास बुलेट र ४६ वटा मालवाहक गाडी भारततिर गएका थिए । 

Post a Comment

 
Top